एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक २२ : जनकपुरधाम उपमहानगरपालिका वडा नं. १६ का समाजसेवी अमर पजियारले पनि कप्लेश्वरका गरिवविपन्न तथा अभाव भएकाहरुलाई छठपुजाको बस्त्र तथा पुजा समाग्री वितरण गरेका छन् ।
आफनो निवास अगाडि वडावासीहरुलाई बोलाएर उनले अभाव भएकाहरुलाई सारी,साया, बलाउजका कपडा, नारिवल, अगरवती र सलाई वितरण गर्दै छठमा कोहि पनि दुःखी नहोस भन्ने अभिप्रायले सो सहयोग गरेको बताए ।

पजियारले आफना बुवा समाजसेवी बिक्रम पजियार सहित आमालाई समेत साथमै राखेर वडाका करिव तिनसय जनालाई पुजा समाग्री वितरण गरेका हुन । सो अवसरमा उनकै परिवारबाट वडा अध्यक्षमा निवार्चित रामअशिष पजियार, पुर्व अध्यक्ष विल्टु पंजियार लगायत कपिलेश्वरका विश्ष्टि व्यक्तित्वहरुको सहभागीता रहेको थियो । पुजाका सरसमानहरु निशुल्क पाएपछि खुसी स्थानियवासी सहयोगी पजियार परिवारलाई धन्यवाद दिएका छन् ।