एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक २२ : नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँडले सरकारको पहिलो दायित्व नागरिकको जिउधनको सुरक्षा रहेकाले सुरक्षाको मामिलामा कुनै कसर वाँकी नराख्ने बताएका छन् । प्रदेश २ को सुरक्षा गोष्ठीमा सहभागी हुन जनकपुरधाम आएका गृहमन्त्री खाँडले जनकपुरधाम बिमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै राज्य वा सरकारको पहिलो दायित्व नागरिकको सुरक्षानै रहेकाले त्यसका लागि लागिपरेको बताएका छन् ।

न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका स्वतन्त्ररुपमा चल्नुपर्नेमा न्यायपालिकामा देखिएको बिबाद संवेदनशिल र गम्भिर रहेका बिबाद यथासिघ्र समाधान हुनुपर्ने उनले बताए । गृहमन्त्री खाँडले सरकारले नागरिकताको समस्यालाई संवेदनशिल रुपमा लिएको बताउदै प्रतिपक्षी एमालेको अवरोधका कारण नागरिकता एन पारित गर्न समस्या भइरहेकाले त्यसका लागि वातावरण बनाईदिन हुन प्रतिपक्षी एमालेलाई आग्रह समेत गरेका छन् ।

नागरिकताको बाहानामा कोरोना खोप नदिने भन्ने कुनै नियम नरहेको बताए । जनकपरधाम आएकाबेला जनकपुरधाममा सोमवार आयोजित कार्यक्रता भेला के का लागि ? भन्ने प्रश्नमा उनले महाधिवेशनकै प्रभाव रहेको स्वीकार गरेका छन् । देउवाका विश्वास पात्र गृहमन्त्री खाँडलाई बोलाएर जनकपुरधाममा शक्तिप्रदर्शन गर्दै सभापतीका अर्का उम्मेदवार विमलेन्द्र निधीलाई सचेत गराउने योजनाका रुपमा कतिपयले सोमवारको कार्यक्रता भेलालाई लिएको देखिन्छ । साथै सोमवारनै प्रदेश स्तरीय सुरक्षा समितिको बैठक समेत जनकपुरधाममा आयोजना हुदैछ ।