एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक २० : गोवर्धन पूजा मिथिलाञ्चलवासी हिन्दुहरूको एउटा महत्वपुर्ण र प्रकृतीसंग साइनो भएको पर्व हो । हिन्दू पौराणिक ग्रन्थ अनुसार गोवर्धन गोकुल नजीकै रहेको एक पर्वत हो । धार्मिक विश्वासानुसार कृष्ण भगवान गोकुलमा गोपालहरूसँग बस्दथे । गोपालहरू देवताका राजा इन्द्र को पूजा गर्ने गर्दथे तर इन्द्रवाट उनीहरूले केही पाउँदैन थिए ।
कृष्णले एकदिन गोकुलवासीहरूलाई केही नदिने इन्द्रको पूजा गर्नु भन्दा खनिज, घास, पानी, दाउरा इत्यादी दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो हुने कुरा राख्छन् र सवैजना त्यसै गर्न राजी हुन्छन् । गोवर्धन पर्वतको पूजा हुन्छ । आफ्नो सट्टा गोवर्धन पर्वतलाई पूजा गरेको भन्दै आक्रोसित इन्द्रले गोकुलमा असिना र पानीको वृष्ठी गराउछन् र भगवान कृष्णले गोवर्धन पर्वतलाई हातले उचालेर सबै गोकुलवासीहरूलाई आश्रय दिन्छन् र अन्त्यमा आफ्नो हार मानि गल्तिको लागि कृष्ण समक्ष क्षमा माग्दछन् ।
भनिन्छ त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको हो । त्यसै परम्परालाई हिन्दुहरुले आज पनि अंगिकार गरेका छन् । जनकपुरधामका हिन्दु नारीहरु चौक चौकमा आज पनि गोवर्धन पुजा गरिरहेका छन् । सामुहिक रुपमा हिन्दुनारीहरु उपस्थित भएर सांस्कृतीक गितगानका साथ शनिवार गोवर्धन पुजा गरेकी छन् ।