एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक १९ : जनप्रतिनिधीहरु प्रति जनताको आक्रोस बढदै गएकाले बेला जनकपुरधाम उपमहानगरपालिका वडा नं १ का अध्यक्ष शत्रुधन साहले भने जनतामा सकारात्मक छाप छर्ने काम गरिरहेको छ । कुनैपनि सन्दर्भमा जनतासंग प्रत्यक्ष सरोकार राख्ने विषयमा पृथक र सिघ्र लिने उनको निर्णयका कारण वडामा उनको सकारात्मक चर्चा भइरहेको छ ।
कोरोना महामारीको समयमा वडाका गरिव, विपन्न र अभाव भएकाहरुलाई निशुल्क खाना खुवाएर चर्चा कमाएका साह प्रत्येक वर्ष छठको पुर्व सन्ध्यामा वडाका गरिवहरुलाई छठमा अभाव हुन नदिन सारी सहित पुजा समाग्री वितरण गर्दै आइरहेका छन् । वडा अध्यक्ष साहले आफनो निजी लगानीमा शुक्रवार ४ सय भन्दा बढिलाई पुजा सामग्री वितरण गरेको छ ।
व्रतालु महिलाहरुलाई साडी, चामल, चिनी, अगरवत्ती, गेहुँ लगायतका सामग्री वितरण गरेका उनले बताए । वितरण कार्यक्रममा पुर्व सांसद् दिनेश साह, श्रीराम युवा कमिटीका वरिष्ठ निर्देशक शम्भू साह लगायतको उपस्थिति रहेको थियो । वडा अध्यक्ष साह यसका आलावा विभिन्न सार्वजानिक समस्या र विपदका वेला वडावासीका लागि राहत प्याकेज घोषणा उपमहानगरपालिका भन्दा अगाडि नै गर्ने गरेका छन् ।