एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक १९ : लोसपाका युवा नेता राजकुमार साह (राजु)ले धनुषा रघुनाथपुरका कर्मचारी तथा अवकास प्राप्त कर्मचारीहरुलाई सम्मान गरेका छन् । पेशा तथा कर्मको शिलशिलामा देश तथा विदेशमा छरिएर बसेका गाँउका कर्मचारी तथा अवकास ति जमात चाडपर्वका बेला गाँउमा आएको अवसर पारेर युवा नेता राजुले उनीहरुलाई सामुहिक रुपमै सम्मान गरेका छन् ।
रघुनाथपुर गाँउको परिचय र पहिचानमा आ–आफनो स्तरबाट काम गरेका बुद्विजिवी जमातलाई सम्मान गर्न पाँउदा एकदमै खुसी लागेको राजुले बताए । उहाँहरु पेशाकर्मी मात्र होइन गाँउका शान हुन राजुले भने, ‘उहाँहरुको सम्मान धेरै पहिलानै हुनुपर्नेमा अहिले अवसर मिल्यो ।’
नयाँ संरचनामा सबैला नगरपालिकाको दुईवटा वडाहरु १२ र १३ मा विभाजित एतिहाँसिक गाँउ रघुनाथपुरका कर्मचारी तथा अवकास प्राप्त कर्मचारीहरुलाई राजुले दुईचरणमा सम्मान गरेका हुन । यस अघि वडा नं. १३ का कर्मचारीलाई सम्मान गरेका उनले आज वडा नंं. १२ का कर्मचारीलाई सम्मान गरेका हुन ।
सेवारत तथा सेवानिवृत कुल ४५ जनालाई सम्मान गरिएको उनले बताए । सो अवसरमा समाजिक गतिविधी तथा शिक्षाको अवस्था विषयक अन्तरक्रियामा गाँउका बुद्विजिवीहरु रघुनाथपुरको पहिचान नै उत्तम शिक्षा रहेकोमा अहिले धरासयी भएको प्रति दुःख व्यक्त गरेका थिए । शिक्षा सुधारमा राजनितिक दलहरु उदासिन रहेको समेत उनीहरुको आरोप थियो ।
कार्यक्रममा गाँउका विधापति लाल दास कण, द्वारिका विधालयका प्रअ राम शंकर यादव, विजय राउत, अमन साह, पुरुषोत्तम पाल, कृष्ण कु पाल, रामजि साह, रवि साह, वौएलाल माझी, प्रमिला साह , विनोद कु पाल , श्यामसुन्दर अधिकारी, गोविन्द प्र थपलिया, फेकन राउत, प्रदिप गामि, देवकृष्ण राउत, बौएलाल साह, शशी श्रेष्ठ, नागेश्वर कुमर, नन्द ठाकुर, रामकिशोर साह, बेचन साह सहितको उपस्थिती थियो ।