एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक १७ : बुधबार श्री हनुमान जयन्ती मनाइएको छ । जनकपुरधाममा पनि हनुमान जयन्तीको अवसरमा शोभायात्रा निकालिएको छ । मिथिलाञ्चल सांस्कृतिक कलापरिषद्ले रेल्वे स्टेशनबाट शोभायात्रा निकालेको हो । परिषद्का अध्यक्ष शभ्मु साहले आफूहरूले यस वर्ष सडक मर्मत भइरहेकाले रथ बिना नै शोभा यात्रा निकाल्नु परेको भन्दै हनुमान जयन्तीलाई समेत प्राथमिकताका साथ मनाउन मिथिलाञ्चल र जनकपुरधामवासीहरूलाई आग्रह गरेका छन् ।

उनका अनुसार जानकी मन्दिरवाट सुरु भएको शोभायात्रा विहार कुण्ड पुगेर कुण्डको परिक्रमा गर्नुका साथै जुगलजोडी मन्दिरमा विभिन्न धार्मिक कार्यक्रम गरि हनुमान जयन्ति मनाइने छ । हनुमान, शिव र गरुडको कलात्मक प्रतिरुप सहित बैण्डबाजा र झाँकी सहित निकालिएको सोभायात्रामा महिला, युवा, साधुसन्तहरुको सहभागिता रहेको थियो । शोभायात्राको समुदघाटन प्रदेश २ सांसद रामअशिष यादवले गरेका थिए ।
