एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक १४ : लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले धनुषाको निर्वाचन क्षेत्र छोडेर कतैपनि नजाने बताएका छन् । अप्पन टेलिभिजनको अप्पन विशेष कार्यक्रममा कुराकानीका क्रममा पुर्व उपप्रधानमन्त्री समेत रहेका नेता महतोले जनकपुरधाम छोडेर पुनः सर्लाही जानलागेको कुरामा कुनै सत्यता नरहेको समेत बताएका छन् ।
चिनजान, संगठन र सक्रियता नरहेको बेला जनताको इच्छा र आवयश्कता बमोजिमनै आफु धनुषामा आएर चुनाव लडेर जितेको बताउदै उनले अव सम्पर्क, संगठन, काम र सक्रियता सबै रहेका बेला अर्को क्षेत्रको बारेमा सोच्नै नसकिने उनको कथन छ । धनुषाबाट निर्वाचित सांसद महतो प्रधानन्यायधिशको राजिनामाका विषयमा नबोलेपनि एमालेका अध्यक्ष केपि शर्मा ओलीले परमादेश गर्ने सबैजनाले राजिनामा दिनुपर्ने तर्क नै सहि रहेको संकेत भने गरेका छन् ।
देशको न्यायपालिकालाई एमाले, कांग्रेस र माओवादी सहितका दलहरुले बनाएको, बिगारेको र अहिले बर्बाद पारेको भन्दै उनीहरुले नै निकास पनि दिने भन्दै बोल्न चाहेन । जसपा अध्यक्ष उपेन्द्र यादवलाई एमाले र माओवादीबाट परिचालित पात्र भन्दै उनले प्रचण्डसंगको उपेन्द्रको एकता अस्वभाविक नहुने बताए । नेता महतोले देशमा राष्ट्रियमुक्ती आन्दोलनको आवश्यकता रहेको समेत बताए ।