एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक १३ : कोभिड १९ का कारण शिक्षा प्रभावित भएका महोतरीका विद्यालयहरुमा उपचारात्मक शिक्षा अभियानका लागि जिवन उपयोगी शिप भोलेन्टियरहरुलाई प्रशिक्षण दिइएको छ । युएसएआइडी÷जेएचयु–पिसिपीको सहयोग र शेभ द चिल्ड्रेन तथा रतौली युवा क्लवको सहजीकरणमा आयोजित पाँच दिवसीय आवासीय तालिममा महोतरीका कुल पाँच विद्यालयका ४९ जना युवायुवतीहरुलाई तालिम प्रदान गरिएको छ ।
कोभिड प्रभावित विद्यार्थीहरुलाई थप कक्षा सहित विशेष शिक्षा प्रदानमा तालिम प्राप्त भोलेन्टियरहरुको सहभागिता रहने छ । बालबिबाह उमेर नपुगी जबरजस्ती गर्ने विवाह न्युनिकरण परियोजना अन्तर्गत सो कार्यक्रम थालिएको हो । महोतरी जिल्लाको सात पालिकाको कुल ४९ विद्यालयमा लागु रहेको परियोजना उपयोगी सावित हुने विश्वास लिइएको छ ।
तालिमको समापनमा शनिवार प्रदेश २ सरकार महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयका सचिव केशव प्रसाद विमलीले तालिममा सहभागी भोलेन्टियरहरुलाई प्रमाण पत्र वितरण गरेका छन् । उनले तालिमका ज्ञान उपयोग गरि समाजलाई लाभ प्रदान गर्न प्रशिक्षितहरुलाई आग्रह गरेका छन् ।
कार्यक्रममा राजर्षिजनक विश्वविद्यालयका डिन प्रध्यापक जुगेश्वर साह, परियोजना प्रमुख रजनिश यादव, क्लवका पदाधिकारी तथा सददस्यहरु सहिताको सहभागिता रहेको थियो ।