एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक १३ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्ली इलेक्सनको कुनै सम्भावना नरहेको बताएका छन् । सर्लाहीको एक कार्यक्रममा सहभागि हुन जाने क्रममा जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसंग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले अर्ली इलेक्सनकाको कुनै पनि सम्भावना नरहेकोमा ढुक्क हुन आग्रह गरेका छन् ।
प्रचण्डले न्यायालयको बिबाद विषयमा छिट्टै गठबन्धन आवद्व दलका शिर्षनेताहरु काठमाण्डौंमा बसेर साँझा धारणा ल्याउने समेत बताए । यहाँको व्यक्तिगत धारणा के हो ? भन्ने सञ्चारकर्मीहरुको सवालमा प्रचण्डले यस्ता मुद्दामा व्यक्तिगत धारणा उचित नहुने बताएका छन् ।
प्रचण्डले राष्ट्रियसभाको उपनिर्वाचनमा समेत हालको पाँच दलिय गठबन्धनकै आधारमा चुनाव लडने सहमती समेत भइसकेको बताएका छन् । गठनबन्धन भित्र कुनै पनि विवाद नरहेकोमा विश्वस्त हुन आग्रह गर्दै प्रचण्डले चुनाव समते गठबन्धनबाटै लडने पुनः दोहराएका छन् । प्रतिपक्षीको विरोध जारी रहे नागरिकता, रेल्वे सहितका अति महत्वपुर्ण विषयहरुका विषयमा अध्यादेशबाटै भएपनि विद्ययेक ल्याएर अगाडि बढने सहमती भएको उनको धारणा थियो । प्रतिपक्षीका कारण सरकारलाई काम गर्न केहि असहज भएपनि वर्तमान सरकार परै कार्यकाल सम्म चल्ने पनी प्रचण्डको दावी छ ।