एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक १२ : क्लोथ बैंक नेपाल धनुषा जनता प्रति अझै उतरदायी हुन छलफल तथा अन्तरक्रिया गरेको छ । बैंकसंग जनतालाई जोडन शुक्रवार जिल्ला समन्वय समितिको सभाहलमा सरोकारबाला संग क्लोथ बैंकको भुमिका र स्थानीय सरोकार विषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
त्यसै गरि बैठकबाट बैंकको स्थापना काल देखिको सदस्य तथा संस्थाद्वारा संचालित अक्सिजन सिलिन्डर बैंकको ब्यवस्थापन समितिको सदस्य भएर सक्रिय भुमिका निर्बाह गर्ने स्व. अमित झाको नाममा एक छात्रवृती स्थापना नगरि आर्थिक अभावले पढाईबाट बञ्चित दुई जना छात्र छात्रालाई छात्रवृत्ति समेत प्रदान गर्ने निर्णय गरिएको छ ।
जनताको सुख दुःखमा समर्पित बैंकलाई जनताकै संरक्षकत्वमा अगाडि बढाउन के पहलकदमी लिनुपर्ने भन्ने विषयमा छलफल भएको अध्यक्ष राजिव झाले बताए । कार्यक्रममा अबकाश प्राप्त प्रमुख जिल्ला अधिकारी जिबछ मिश्रा, उप सचिब कुशेश्वर झा, समाजसेवी अमरचन्द्र अनिल र सरोज राय, लोसपा नेता मनोज चौधरी, नेकपा नेता शिबशंकर साह हिरा, जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, जनकपुरधाम वार्ड नम्बर–४ का अध्यक्ष सुदर्शन सिंह, डा. अजय झा, जनकपुरधाम उपमहानगरका लेखा अधिकृत नन्दकुमार झा, पत्रकार सुजीत झा, निजामती क्रमचारी मंच धनुषाका अध्यक्ष दिपक ठाकुर, शिक्षकद्वय कृष्ण कान्त झा र रंजीत झा, ललन यादव, दिपक यादव, श्रीदेब यादब, धर्मनाथ मंडल, सुनिल यादव, बरुन झा, रामगोपाल साह, राम बहादुर साह, राम स्वार्थ साह, ह्रदय नारायण साह, नरेश झा लगायत अगुवाहरुको उपस्थिति रहेको थियो ।