एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक १० : नेपाल तरुण दलको ६८ औं स्थापना दिवस धनुषामा समेत विभिन्न कार्यक्रम गरि मनाइएको छ । दिवसको अवसरमा जनकपुरधाम वडा नं. ७ स्थित कुष्ठ रोगीहरुको आश्रमस्थलमा तरुण दल धनुषाले नयाँ लुगा वितरण गरि परोपकारका काम गरेको छ ।
हिन्दुहरुको महान पर्व शुभ दिपावली तथा छठलाई दृष्टिगत गर्दै सो स्थलमा बस्ने ४६ जना महिला तथा पुरुष सहित बृद्वबृद्वा र बालबालिकालाई नयाँ लुगा सहयोग गरि तरुण दल धनुषाले आफनो स्थापना दिवस मनाएको उपाध्यक्ष राकेश विक्रम साहले बताएका छन् ।
![](https://spkhabar.com/wp-content/uploads/2021/10/249781395_1079889249416765_5431300952877990515_n-1024x768.jpg)
कार्यक्रममा नेपाल तरुण दल धनुषाका सभापति संजय लाभ कर्ण, महिला संघ धनुषाका सभापति तुलसा आचार्य, नेविसंघका सभापति सुजित यादव लगायत विभिन्न तहका तरुण र विद्यार्र्थी नेताहरुको उपस्थिति रहेको थियो ।