एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक ७ : जनमत पार्टीका कार्यक्रताले दिनदहारै एक सरकारी ईन्जिनियरलाई अर्धनग्न बनाउदै बजारमा घण्टौ घुमाउदा समेत सुरक्षा दिन नसकेको भन्दै धनुषाका एसपी प्रकाश रानाभाटको सरुवा भएको छ । गत बिहिवारको सो घटनाको पुर्व जानकारी प्रहरी प्रशासनले पाउन नसक्दा सुरक्षा व्यवस्थामै प्रश्न उब्जेको थियो ।
सो घटना देशभरिमै चर्चा पाएपछि गृहमन्त्री बालकृष्ण खाँडले समेच चासो देखाएका दिए । नहुदै धनुषाका प्रहरी प्रमुख रानाभाटको सरुवा भएको छ । उनलाई कार्य विभागमा सरुवा गरिएको छ भने उनको ठाँउ धनुषाको नयाँ एसपीमा बसन्त रजौरेलाई पठाइएको छ । सुरुवा हुने समय आउन लागेकै भएपनि गत बिहिवारको घटनाका कारण पनि उनको सरुवा तुरन्त भएको बताइन्छ ।
त्यसैगरि सर्लाहीको एसपीमा कृष्ण प्रसाईलाई पठाइएको छ । त्यहाँ कार्यरत सन्तोषसिंह राठौरलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ । राठौर २०७७ भदौ ४ मा सर्लाहीमा आएका थिए ।