एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक ६ : अष्ट्रेलियामा बस्दै आएका तराईका नेपालीहरुले आफनो गाँउठाउका लागि भन्दै जनकपुरधामको प्रादेशिक अस्पताललाई मेडिकल समाग्रीहरु सहयोग गरेको छ । लायन्स क्लव अन्तराष्ट्रियको संयोजनमा एशोसिएशन अफ नेपाल तराई ईन अष्ट्रेलियाको सहयोगमा अस्पताललाई एकथान भेन्टिलेटर र एकथान अक्सिजन कन्सनट्रेटर सहयोग गरेको छ ।
कोभिडको महामारीमा देशले कोरोना विरुद्व चालेको कदम र अभियानमा तत्काल सांकेतिक रुपमा यि सरसमानहरु सहयोग गरेको बताउदै क्लवले यस्ता सहयोगहरु निरन्तर भइरहने लायन्स क्लव अन्तराष्ट्रियका पुर्व गभर्नर तथा जनकपुरधाम अध्यक्ष मधुकर उपाध्यायले बताए ।
लायन्स क्लव अन्तराष्ट्रिय जनकपुरधामका वर्तमान अध्यक्ष राजदीप चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका मडिकल सुपरीटेन्डेन्ट डा. प्रमोद यादवलाई सो समानहरु हस्तान्तरण गरिएको छ । कार्यक्रममा विभिन्न लायन्स क्लव जनकपुरधामका अध्यक्ष तथा पुर्व अध्यक्षहरुको सहभागिता रहेको थियो ।