एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक ४ : डा. सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले जनकपुरधामस्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई जनकारवाही गरेको आरोपमा अहिले सम्म ६५ जना पक्राउ परेका छन् ।
धनुषा प्रहरीले सुरुमा १० र त्यसपछि पटक पटक गरि कुल ६५ जनालाई पक्राउ गरि समाचार र समाजिक सञ्जालमा आएको भिडियो र तस्वीरको आधारमा मुख्य अभियुक्तहरु छान्ने काम गरिरहेको प्रहरी स्रोतले जनाएको छ । निम्ति डिई कुशवाहलाई दुर्वव्यवहार गर्ने क्रममा अग्रपन्तीमा रहेकाहरुलाई पक्राउ गरि मुद्दा चलाउने धनुषा प्रहरीको तयारी छ ।
देशभरिकै इन्जिनियर सहित कर्मचारीहरु आन्दोलनको तयारीमा जुटेपछि प्रहरी दबाबमा परेको छ । डिई कुशवाहालाई नाङ्गै पारि नगरको हिलो पानी सबैमा घुमाउदै शरिमा हिलो दलेर विभिन्न चोकको परिक्रमा गराउदै जनकपुरधाम उपमहानगरपालिकाका पुराइएको थियो । तिनै तहको सरकार विरुद्ध नारावाजी गरेका उनीहरु जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहलाई समेत टार्गेट गरेको भएपनि उनी कार्यालयमा उपस्थित थिएनन् ।
जनमत पार्टीले जनकपुरधामको केहि स्थानमा ढल निकासको काम समयमै हुन नसक्दा स्थानियवासीलाई खानेपानी तथा हिडडुलमा समेत समस्या भएको भन्दै तुरन्त समस्या समाधान गर्न आयोजनाको कार्यालय जनकपुरधाममा ज्ञापन पत्र बुझाएको थियो । यस अघि कार्यालयमा तालाबन्दी समेत गरिएको थियो ।
जनकपुरधामको वडा नं. ८ मा ढल निर्माणमा ढिलाई भएपछि खानेपानी सेवा अवरुद्ध हुनुका साथै पानी र हिलोको समस्याले स्थानियलाई समस्या भएपछि पार्टीले कार्यालय तथा जनकपुरधाम उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाउनुका साथै काम सिघ्र सम्पन्न गर्न पटक पटक ताकेता गर्दै आएको थियो । गत दुई दिनको अविरल वर्षाले जनकपुरधाम जलमग्न भएपछि त्यहाँ पुनः समस्या भएपछि पार्टीका कार्यक्रताहरु जनकारवाहीकै योजना बनाएर कार्यालय पुगेको बताइन्छ ।