एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक ४ : जनकपुरधामका इन्जिनियरहरु आन्दोलनको कडा चेतावनी दिएका छन् । विभिन्न ब्यानर तथा संगसंगठनमा आवद्व इन्जिनियरहरु धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलालाई भेटेर जनकपुरधाममा विहिवार जनमतपार्टीको कार्यक्रताले गरेको अपराधिक गतिविधीमा संलग्नहरुलाई कडा कारवाहीको मांग गर्दै इन्जिनियरहरुले प्रहरी प्रशासनले न्याय नगरे कडा आन्दोलनमा उत्रने बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी बास्तोलाले जनमत पार्टीले संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामका निम्ति प्रमुख राजेश्वर कुशवाहा उपर गरेको दुर्वव्यवहार एकदमै भुमिगत रुपमा भएको भन्दै आश्चर्य व्यक्त गरेका छन् । सिडिओ बास्तोलाले जनमत पार्टीका अध्यक्ष डा. सिके राउत बस्ने गरेको जनकपुरधामको एक टोलमा पानी, ढल निकासको समस्या रहेकाले त्यसैको बाहानामा उनीहरु केहि दिन पुर्व जनकपुरधाम उमहानगरपालिकाको कार्यालयमा तोडफोड समेत गरेको बताउदै जनमत पार्टीको गतिविधी शंकाष्पद रहेको बताएका छन् ।
दुर्वव्यवहार गरिएका निम्ति प्रमुखकै कार्यालयमा काम गरिरहेका कार्यालय सहयोगीका अनुसार जनमतका कार्यक्रताहरु नयाँ बाँसको चिर्पट सहित तयारी गरेरै कारवाही गर्ने शैलीमा आएको भन्दै अन्य कर्मचारीहरुलाई समेत कुटपिट गरेको आरोप लगाएका छन् । जनमत पार्टीको गतिविधीले कर्मचारीहरुमा भय उत्पन्न भएको छ । प्रहरीले जनमतका १० जना कार्यक्रतालाई पक्राउ समेत गरेको छ ।