एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक ४ : डा. सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले जनकपुरधाम स्थित संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका निम्ति प्रमुखलाई जनकारवाही भन्दै जिउभरी हिलो दलेर नगरमा घुमाएका छन् । जनमत पार्टीले जनकपुरधामको केहि स्थानमा ढल निकासको काम समयमै हुन नसक्दा स्थानियवासीलाई खानेपानी तथा हिडडुलमा समेत समस्या भएको भन्दै तुरन्त समस्या समाधान गर्न आयोजनाको युनिट कार्यालय जनकपुरधाममा ज्ञापन पत्र बुझाएको थियो ।
तर काम नभएपछि ध्यानाकर्षण गराउन आज पुनः कार्यालय पुगेका उनीहरुलाई कार्यालयका निम्ति प्रमुख राजेश्वर कुशवाहाले भरपर्दो जवाफ दिन नसकेपछि उनीहरुले जनकारवाही गरेको बताइरहेका छन् । यद्यपि कर्मचारीहरु यस कार्यको विरोध गरेको छ भने समाजिक सञ्जालमा भने यस कार्यको समर्थनमा पनि युवाहरु देखिएका छन् । बाँसको चिर्पट सहित आक्रोसित पार्टीका समर्थकहरु निम्ति प्रमुख कुशवाहालाई कुटपिटका साथै कपडा च्यातेर शरिरमा नालाको हिलो समेत दलेर नगरको विभिन्न चौकमा घुमाएका छन् । यस अघि कार्यालयमा तालाबन्दी समेत गरिएको थियो ।
निम्ति प्रमुख कुशवाहालाई नगरको हिलो पानी सबैमा घुमाउदै विभिन्न चोकको परिक्रमा गराउदै जनकपुरधाम उपमहानगरपालिकाका पुराइएको थियो । तिनै तहको सरकार विरुद्व नारावाजी गरेका उनीहरु जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहलाई समेत टार्गेट गरेको भएपनि उनी कार्यालयमा उपस्थित थिएन ।
जनकपुरधामको वडा नं. ८ मा ढल निर्माणमा ढिलाई भएपछि खानेपानी सेवा अवरुद्व हुनुका साथै पानी र हिलोको समस्याले स्थानियलाई समस्या भएपछि पार्टीले कार्यालय तथा जनकपुरधाम उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाउनुका साथै काम सिघ्र सम्पन्न गर्न पटक पटक ताकेता गर्दै आएको थियो । गत दुई दिनको अविरल वर्षाले जनकपुरधाम जलमग्न भएपछि त्यहाँ पुनः समस्या भएपछि पार्टीका कार्यक्रताहरु जनकारवाहीकै योजना बनाएर कार्यालय पुगेको बताइन्छ ।
जनमत पार्टीको यो कार्यलाई समाजिक सँजालमा समर्थन समेत गरिएको छ भने कर्मचारीहरु कडा विरोधमा उत्रने तयारी थालेको छ । सरकारी कर्मचारीहरुले मात्र एक्लै कुनै काम गर्न नसक्ने भन्दै कर्मचारीलाई गरिएको व्यवहारले आफुहरु काम गर्न अव असुरक्षित रहेको कर्मचारीहरु बताउछन् ।
एता धनुषा प्रहरीले जनकचौकमा कोणसभा गरिरहेको अवस्थामा जनमत पार्टीका १५ जनालाई पक्राउ गरेको छ । कर्मचारीलाई दुर्वव्यवहार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको र मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।