एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक १ : लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले मधेशी जनताले गत चार वर्षमा भएको कामको मुल्याङ्कन हुनपर्ने बताएका छन् । धनुषाको धनौजी गाँउपालिकाको गोरदाहामा दिपावली, सामाचकेवा तथा छठ सहितको पर्वहरुको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै पुर्व उपप्रधानमन्त्री समेत रहेका महतोले भने, ‘धनुषाको क्षेत्र ३ मा ४० वर्षमा भएको काम र गत चार वर्षमा भएको कामको मुल्याङ्कन गर्नोस ।’
धनौजीको जनताले राजपालाई थौरै मतले पछारि पारेर गल्ती गरेको भन्दै महतोले विकास र अधिकार प्राप्तीको लडाई संगसंगै लडनु पर्ने भएकाले लोसपाको बिकल्प नरहेको बताए । आफुलाई ठुला दल भन्ने देश बेचुवाहरु मधेशी दलले केहि गर्न सकेन, मधेशवाद छाडे सहितका भ्रम फैलाउदै मधेशी जनताको मत संकलन गरि देउवा, ओली र प्रचण्डलाई मत बेचन पुनः तयारी गरिरहेको उनको तर्क छ ।
कार्यक्रममा प्रदेश सांसद परमेश्वर साहले पनि विगत ४० वर्षमा भएको ४० काम देखाउन चुुनौती दिदै हामीले ४ वर्षमा गरेको ४० काम एक एक देखाउन तयार रहेको बताए । कार्यक्रममा लोसपाका नेता राजिव झा, नेता तथा हँसपुरका मेयर रामज्ञान मण्डल सहितकाले नेतृत्व चुन्दा मतको सदुपयोगका बारेमा बुझन आवयश्क रहेको बताए ।