एसपी रिपोर्टर
जनकपुरधाम, असोज ३१ : गैरजिम्मेवारीको पनि सिमा हुन्छ । धनुषाको सबैलामा दशैंमा भब्य मेला लाग्छ । जनकपुरधाम पछि धनुषामा भब्य मेलाका साथ दशैं मनाइन्छ । तर सबैलामै पनि केहि युवाहरु दशैं नै मनाउन पाएन । नगरपालिकामा भएको भ्रष्टाचारको छानबिनका लागि अख्तियार र नगरपालिकासंग विभिन्न सुचना मांग गर्दै अनसन बसेका युवाहरुको दशै अनसन स्थलमै बितेको छ ।
दशैंमा पनि अनसनलाई सम्बोधन गर्न नसक्नु नगर प्रमुख साहको असफलता र गैरजिम्मेवारीपन रहेको युवा अभियन्ता बिनोद महराको भनाई छ । आइतवार २८ औं दिनमा अनसन चलिरहँदा पनि अनसन तोडाउन कुनै खासै पहल नभएको देखिन्छ । यस बिचमा सबैलामा कांग्रेसका उपसभापती बिमलेन्द्र निधी देखि विभिन्न राजनितिक दलका नेताहरु सबैला पुगे तर कसैको ध्यान अनसन तर्फ गएन ।
भ्रष्टाचार विरुद्व जनजागरण अभियान भन्दै जसपाका युवा नेता पत्रकार सुरेश यादवको नेतृत्वमा स्थानिय युवाहरु र विभिन्न राजनितिक दलका युवाहरु समेतको सहभागितामा रिले अनसन भइरहेको छ । अनसनकारीहरु नगरपालिकामा भएको विभिन्न शिर्षकको शंकाष्पद काममा अनियमितता भएको भन्दै विभिन्न सुचना मांग गरेको र पटक पटकको तागेदा पछि पनि नपाएपछि अनसनमा उत्रेका हुन ।
नगरपालिकाका मेयर साहले भने अनसनकारीहरु कार्यालयमा आएर वार्ता गर्नुपर्ने र उपलब्ध हुन सक्ने सुचनाहरु आफु दिन तयार रहेको बताइरहेका छन भने अनसनकारीहरुले अनसन स्थलमै आएर मेयरले मांगहरु सम्बोधन गर्नुपर्ने अडान लिएका छन । अनसनमा कांग्रेसका मिथिला साह सहित विभिन्न दलका युवाहरु पनि सहभागी छ ।
अनसनकारीहरु २४ औं दिनमा पनि आफुहरु अनसनरत रहेपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सहितका सम्बन्धित निकाय मौन भएर बस्नु दुःखद रहेको बताउछन । उनीहरुले अख्तियार र नगरपालिकाको सेटिङ्ग छ कि ? भन्ने आशंका व्यक्त गरेका छन । लोसपाका युवा नेता राज कुमार साह राजुले भ्रष्टाचार विरुद्वको अभियानलाई सकारात्मक रुपमा लिनुपर्ने बताउदै कोहि पनि आफनो कर्तब्यबाट बिमुख हुन नमिल्ने बताए ।