एसपी रिपोर्टर
जनकपुरधाम, असोज २८ : जनकपुरधामको मुख्य शक्तिपिठ माँ राजदेवी मन्दिरमा बुधवार राती ८ बजेर १० मिनेटबाट सुरु भएको बोकावली बिहिवार बिहान ३ बजेर ३८ मिनेट सम्ममा सम्पन्न भएको छ । श्री राजदेवी मन्दिरको व्यवस्थापनको जिम्मेवार निकाय श्री महाविर युवा कमिटिका पुर्व महासचिव अजय गुप्ताका अनुसार सो समयावधीमा कुल १४ हजार २ सय ४१ बोकावली प्रदान गरिएको छ ।
माँ राजदेवीमा प्रत्येक वर्ष औसतमा १४ देखि १५ हजार बोकावली प्रदान हुने गरेको छ । गत वर्ष कोरोनाका कहरका कारण दशैं प्रभावित भएपछि गत वर्ष ८ हजार ८ सय ६६ बोकाबली प्रदान भएको थियो ।