एसपी रिपोर्टर
जनकपुरधाम, असोज २७ : जनकपुरधामको मुख्य शक्तिपिठ माता श्री राजदेवी मन्दिरमा एक घण्टामा करिव २ हजार बोकावली प्रदान भएको छ । राती ८ बजेर १० मिनेटमा सुरु भएको बोकावली राती ९ बजेर १० मिनेट सम्ममा करिव २ हजार सम्म प्रदान भएको छ ।
बिहान खोइच भर्ने श्रद्धालु महिलाहरुको भिडभाड देखिएको थियो । कोरोना कहरका कारण गत वर्ष प्रभावित भएको विजयादशमीको विजयोत्सव यस वर्ष भने भब्य रहने देखिन्छ । बुधवार जनकपुरधामको शक्तिपिठहरुमा लागेको भिडले यसलाई प्रमाणित गर्दछ ।
जनकपुरधाममा आज प्रसाद चढाउने पुरुषहरुको विशाल लामो लाइन देखयो भने देवी माताको खोइच भर्ने महिलाहरुको पनि लाइन एकदमै लामो थियो । प्रसाद हतार हतार समेत चढाउन मिल्ने तर खोइच भर्ने विधिहरुमा समय लाग्ने भएकाले खोइच भर्ने महिलाहरुको लाइन विस्तारै घटने गरेको थियो ।
श्री महाविर युवा कमिटिले बिहान ४ बजे सम्म बोकावली प्रदान हुने अनुमान गरेको छ । कोरोना प्रभावित गत वर्षको विजयदशमीमा माता राजदेवी मन्दिरमा ८ हजार ८ सय ६६ बोकाबली प्रदान भएको थियो । त्यस अघि समान्य अवस्थामा करिव १५ हजार सम्मको हाराहारीमा बोकाबली प्रदान हुदै आएको थियो ।