एसपी रिपोर्टर
जनकपुरधाम, असोज २७ : नवरात्रामा चहल पहल बढको छ । जनकपुरधामक शक्तिपिठ तथा माता नवदुर्गा देवीको पण्डालहरुमा भिडभाड एकदमै बढेको छ तर जनकपुरधाम उपमहानगरपालिकाको लापरवाहीका कारण यसपालि जनकपुरधामको सडक र गल्लीहरुमा भने अन्ध्यारो नै छाएको छ ।
गत वर्षहरुमा विजयादशमी, दिपावली, सामाचकेवा तथा छठ पर्वहरुमा जनकपुरधाम उपमहानगरपालिकाको सडक तथा गल्लीहरुमा रहेको विद्युतिय पोलहरुमा बिजली बती बल्ने गरेको थियो । तर जनकपुरधाम उपमहानगरपालिकाको लापरवाहीले यस वर्षको चाडपर्वमा जनकपुरधाममा अन्धेरा छाएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको लापरवाही र गैरजिम्मेवारीका कारण यस वर्षको चाडपर्वमा बिजुली बत्ती जडान नभएपछि नगरवासी अध्यारोमै आवतजावत गर्न बाध्य भएका छन् । यसले सुरक्षा संवेदनशिलता समेत बढेको छ । दशमीमा शक्तिपिठ तथा मन्दिरहरुमा घुम्न जाने आउने दर्शनार्थी तथा स्थानियवासीलाई यस्ले असहज महशुस भइरहेको छ ।
उपहानगरवासीले चाडपर्वमा समेत जाबो सडक र गल्लीमा उज्यालोको समेत व्यवस्था गर्न नसक्नु स्थानिय सरकारको गैरजिम्मेवारीपन रहेको बताउछन् । गत वर्ष चाडपर्वका बेला दामासाही रुपमा प्रत्येक वडा मार्फत वडा वडामा प्रत्येक १०÷१० वटा पोलका लागि तिनवटा बिजली बत्ती दिएको थियो । उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिनोद कुमार खडकाका अनुसार गत वर्ष १ सय ४ पोलमा वडा कार्यालय मार्फत बिजली बत्ती प्रदान गरिएको थियो ।
यस वर्ष बिजली बत्ती जडान नभएपछि वडावासीहरुमा आक्रोस रहेको र काम गर्न समस्या भइरहेको उपमहानगरपालिकाका वडा अध्यक्षहरुको भनाई छ । जनताको सबै भन्दा नजिकको साथी स्थानिय सरकारले चाडपर्वमा राती हिडडुल गर्न जाबो बिजुती बत्ती दिन नसक्नु दुःखद हो । उपमहानगरपालिकाका मेयर लालकिशोर साहको कार्यकाल अन्तिम समयमै रहेकाले यस वर्ष चाडपर्वमा बिजली बत्ती नदिएको हुन सक्ने वडा अध्यक्षहरुको दावी छ ।