एसपी रिपोर्टर
जनकपुरधाम, असोज २७ : विजयादशमीको अष्टमी तिथि आज जनकपुरधामको मुख्य शक्तिपिठ माता श्री राजदेवी मन्दिर लगायतमा खोइच भर्ने श्रद्धालु महिलाहरुको भिडभाड देखिएको छ । सोहि भिडमा भेटिइन एमाले नेतृ तथा पुर्व मन्त्री जुली महतो । श्रद्धालु महिलाहरु जस्तै सम्पुर्ण विधि बिधानमा देखिएकी महतो देवी मातामो खोइच भरिन ।
कम्युनिष्टहरुले यस्ता परम्परा मान्दैनन नि ? एसपीखवरको प्रश्नमा जुलीले भनिन, ‘म मेरो परम्परा, धर्म र संस्कृतीमा बिश्वास गर्छु, वाँकीको म भन्दिन ।’ के के माग्नु भयो मातासंग अर्को प्रश्नमा मुस्कुराउदै जुलीले भनिन, ‘जे तपाई हामी सबैजना माग्छौ, घर परिवारमा खुसी, परिवार, देश र जनताको भलाई, सु–स्वास्थ्य, दिर्घायु यिनै आर्शिवादहरु त माग्ने हो नी ।’
तपाँई पूर्णरुपमा राजनितिमा समर्पित राजनिति तर्फ के आर्शिवाद माग्नु भयो ? भने थप प्रश्नमा उनले भने महाअभियान आँउदै छ सफलताको आर्शिबाद नमाग्ने कुरै भएन नि ।’ जुलीले आफु धनुषाबाटै यसपालि प्रत्यक्ष चुनाव लडने संकेत समेत गरिन ।