एसपी रिपोर्टर
जनकपुरधाम, असोज २६ : नवरात्रको आज सातौं दिन, फूलपाती अर्थात बेलतोरी । षष्ठीका दिन निमन्त्रणा दिइएको बेललाई विधिपूर्वक शक्तिपीठ तथा दुर्गा मन्दिरहरूमा भित्र्याइएको छ । आज बिहान बाजागाजासहित दुर्गा मन्दिरहरूबाट निस्किएको भक्तजनको टोलीले षष्ठीका दिन निमन्त्रणा दिएका बेल तोडेर दुर्गा मन्दिरमा प्रतिस्थापन गर्ने परम्परा छ । जनकपुरधामको मुख्य शतिmपिठ माँता राजदेवी मन्दिरवाट बाजागाजा सहित निक्लेको भतmजनहरुको ठुलो समुहले तामझामका साथ जनकपुरधाम स्थित मारबाडी सेवा समितिको प्राङ्गणमा शुक्रवार निमन्त्रणा दिइएको बेल तोडन पुगेका थिए ।
सो क्रमका नेपाली सेनाको टोलीले समेत परम्परागत झाँकी प्रस्तुत गरेका थिए भने नेपाल प्रहरी र शस्त्रप्रहरीको ठुलो लस्कर समेत झाँकीमा सहभागि थियो । फुलपातीको सो अवसरमा प्रहरीले छ तोपको सलामी समेत अर्पण गरेका थिए । श्री महाविर युवा कमिटिका अनुसार मंगलवार राती १२ बजेर १५ मिनेट देखि भतmजनका लागि लडडु फलफुल सहितका प्रसाद चढाउन र खोइच भर्नका लागि मन्दिर प्रवेश खुल्ला गरिने छ । साथै माँता राजदेवी मन्दिरमा बुधवार साँझ देखि विहिवार विहान सम्म बोकाबली प्रदान हुने छ ।
बोकाबली र प्रसाद चढाउन महिला पुरुष भतmजनका लागि सम्पुर्ण व्यवस्थापन गरिएको समेत बताइएको छ । बेलतोरी अर्थात फुलपाती कार्यक्रममा धनुषा निर्वाचन क्षेत्र नं. ३ वाट निर्वाचित सांसद राजेन्द्र महतो, प्रदेश सांसद परमेश्वर साह, मेयर लालकिशोर साह, धनुषाका प्रमुख जिल्ला अधिकारी सहित प्रशासनिक निकायका प्रमुखहरु, जनकपुरधामका प्रमुख, सहितको सभागिता थियो । त्यस्तै, सातौ दिन आज शक्तिस्वरुपा देवी कालरात्री भगवतीको पूजा आराधनाका लागि देशभरका शक्तिपीठहरूमा भक्तजनको विहानैदेखि घुइँचो लागेको छ ।
बेलतोरीको शुभसाइतको प्रतिकका रूपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल, फलफूल तथा अरु नयाँ पालुवासमेत विधिपूर्वक भित्र्याइन्छ । जनकपुरधामको मुख्य शक्तिपीठ श्री राजदेवी मन्दिरमा फूलपाती भित्र्याइएको छ । प्रहरीको सांस्कृतिक टोली र नेपाली सेनाका टोली बाजागाजा सहित बेलतोरी अर्थात फूलपाती कार्यक्रममा सहभागी भएका थिए ।
श्री राजदेवी मन्दिरका महन्थ राम गिरीको नेतृत्वमा निस्किएको भक्तजनको टोलीले मारवाडी सेवा समिति परिसरमा रहेको बेलको रुखबाट विधिपूर्वक बेल टिपेर राजदेवी मन्दिरमा प्रतिस्पाथन गरेको हो । यस अवसरमा सुरक्षाकर्मीले हवाई फायर गरेर राजदेवी मातालाई सलामी पनि दिएका छन् । फूलपाती भित्र्याएपछि निशा पूजा मध्यरातबाट प्रारम्भ हुन्छ । त्यसपछि भगवती दुर्गाको नेत्र खोल्ने परम्परा रहेको छ ।