एसपी रिपोर्टर
जनकपुरधाम, असोज २५ : दशै मेला तथा मन्दिरहरुमा भिडभाड बढे संगै असुरक्षा समेत बढेको देखिन्छ । मेला तथा शक्तिपिठहरुमा भिडभाड बढदै गएसंगै चोरीका घटनाहरु समेत बढन थालेको छ । आइतवार र सोमबार बिहान गरि दैनिक श्री राम युवा कमिटिको व्यवस्थापनमा पर्ने माँ बौधी देवी मन्दिरमा लाग्ने भिडभाडमा गरगहना चोरी हुन थालेको छ ।
आइतवार समेत गहना चोरी भएको सुन्नमा आएको छ भने सोमबार विहान पनि समान्य भिडभाडमै दुईभरको सुनको सिकरी सहज तरिका चोरी भएको छ । तर मन्दिरमा कतै पनि सिसिटिभी क्यामेरा जडान गरिएको छैन । सिसिटिभी क्यामेराको अभावमा अत्यन्तै सुरक्षा अवस्था गम्भिर भएको देखिन्छ ।
आस्थाको गरिमाले विजयादशमीका लाखौं लाख आम्दानी हुने गरेको भएपनि दर्शनालु र भक्तजनको सुरक्षाका लागि केहि हजार पर्ने सिसिटिभी क्यामेरा अहिलेको आधुनिक युगमा पनि एकदमै भिडभाड लाग्ने स्थलमा नहुनु बिडम्बना रहेको दर्शनार्थीहरु बताउछन् । आस्था र भरोसा सहित मन्दिरहरुमा उल्लासपुर्वक जाने दर्शनार्थी र तिर्थालुहरु खुसी खुसी घर फर्किनु पर्नेमा अव्यवस्था र असुरक्षाका कारण धनसम्पती चोरी भएपछि रुदै घर फर्किनु परेको अवस्था छ ।