एसपी रिपोर्टर
जनकपुरधाम, असोज २५ : चर्चित दश बर्षे जनयुद्दका कुशल कमाण्डर मानिएको धनुषाका माओबादी केन्द्रका नेता श्रवण कुमार बरबरिया (यादव) नेकपा माओवादी केन्द्रको प्रदेश २ सचिवमा चयन भएका छन् । श्रमजीवी र सर्वहारा वर्गका नेता मानिने बरबरियालाई आईतबार पार्टीले प्रदेश नम्बर २ को प्रदेश कमिटिको सचिवमा चयन भएका छन् ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका नेता बरबरियालाई प्रदेश समितिको जिम्मेवारी दिइएको हो । पार्टीका धनुषा जिल्ला ईन्चार्ज समेत रहेका नेता बरबरिया माओवादी जनयुद्धकालमा कमाण्डरको कुशल भूमिका निर्वाह गरेका थिए । प्रचण्डसँग अति नजिक रहेका बरबरियालाई प्रदेश कमिटिको सचिवमा चयन गर्दा उनका शुभचिन्तकहरुले फोन, समाजिक सँजाल, एसएमएस मार्फत बधाई दिएका छन् ।
जनताले उनका सुपुत्र जनयुद्वका सिपाही उदय बरबरिया यादवलाई धनुषाको शहिदनगर नगरपालिकाको मेयर चुनिसकेका छन् । किसानको लागि बलिदानी दिएका शहिद सूर्यनाथ रान यादवसँगै राजनीतिक यात्रा सुरु गरेका श्रवण कुमार बरबरियाको पूर्वी धनुषामा बलियो पक्कड मानिन्छ ।