एसपी रिपोर्टर
जनकपुरधाम, असोज २५ : जनकपुरधामको शक्तिपिठ बौधी माता मन्दिरमा सोमबार बिहानै एकजना महिला रुदै कराइ रहेकी थिइन । उनको दुई भरको दुई महिना अगाडि मात्र किनिएको सुनको सिकरी अप्रत्यासित तरिकाले चोरी भयो । भिडभाडका कारण मन्दिरको मुलढोका बाटै दर्शन र प्राथर्ना गरेकी महिलाले समान्य भिडभाडमै सिकरी चोरी भएको बताइन ।
उनको कुरा सुन्दा सिकरी पेसेवर चोरले नै काटेको हुनुपर्दछ । सिकरीमा पटक पटक ध्यान दिएकी उनले पाँच मिनटकै अन्तरालमा सिकरी नभएको थाहा पाएपछि रुन कराउन थालिन । मन्दिर कमिटिका सदस्यहरुलाई भन्दा अब रुएर के फाइदा भन्दा केहि जवाफ दिन सकेन । मन्दिरमा कतैपनि सिसिटिभी क्यामेरा जडान गरिएको पनि छैन ।
यस विषयमा धनुषा प्रहरीमा गुनासो गर्दा धनुषा प्रहरीका प्रवक्ता डिएसपीले सादा पोशाकमा व्यापक प्रहरी खटाएको बताएपनि दुई दिन देखि भिडभाडमा धमाधम चोरी हुने क्रम बढदो छ । यहाँका शक्तिपिठहरु श्री राजदेवी मन्दिर र श्री अन्नपुर्णा अमरखाना मन्दिरमा पनि भिडभाड छ । तर नत स्वयम सेवक परिचालित छ न सुरक्षाकर्मीकै उपस्थिती छ ।
आइतवार पनि श्री राजदेवी मन्दिरबाट गहना चोरी भएको थियो । पाकेटमारी र नगद चोरी दैनिक भइरहेको गुनासो सवत्र सुनिन्छ । सोमवार पञ्चमी तिथि, समान्य भिडभाडमै चोरीको घटनामा बृद्वि भइरहेको भएपनि प्रहरीलाई फिकिर छैन । झन सप्तमी, अष्टमी, नवमी र दशमीमा लाग्ने जनसागरमा सुरक्षाको के हुन्छ ? प्रश्न छ । गहनाधनीलाई थाहै नहुने गरि सहज रुपमा भइरहेको गहना चोरीको घटनाले जनकपुरधाममा पेसेवर चोरहरुको गिरोह प्रवेश गरिसकेको स्पष्ट हुन्छ तर पनी प्रहरीको खासै चहल पहल देखिदैन ।