एसपी रिपोर्टर
जनकपुरधाम, असोज २४ : मन्त्री परिषदको विस्तार संगै जसपामा बिबाद चुलिएको छ । जनकपुरधाममा आज पुर्व निर्धारित मधेश प्रदेश समितिको समायोजन घोषणा कार्यक्रम साँझ सम्म समेत सुरु हुन सकेको थिए । बैठक विहान ११ बजे नै लक्ष्मिीनियाँ बजार स्थित बाबाको ढाबामा बोलाइएको भएपनि साँझ सम्म सुरु हुन सकेको थिएन ।

जसपा पार्टीका प्रदेश २ अध्यक्ष तथा प्रदेश सरकारका कृृषि मन्त्री विजय कुमार यादवले प्रदेश २ अध्यक्षबाट राजिनामा दिएको र पार्टीका मुख्य सचिव शम्भु झा पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टीबाट राजिनामा दिएपछि बैठक सकसपुर्ण बनेको छ । यद्यपि नवनियुक्त संघिय कृषि मन्त्री महेन्द्र राय यादवले भने पार्टीमा बिबाद नरहेको र एक पद एक व्यक्तिको निती कार्यान्वयनका लागि प्रदेश अध्यक्षले राजिनामा दिएको हुन सक्ने बताए ।
मन्त्री यादवले त्यसो दावी गरेपनि बिबाद भने रहेको स्रातले बताएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव समेत जनकपुरधाममा रहे पनि बिबाद मिलाउन सकस भइरहेको छ । साढे ७ बजे साँझ बैठक सुरु भएको छ । भर्खर प्राप्त सुचना अनुसार प्रदेश २ अध्यक्षमा विजय यादव पुनः चयन भएका छन् । १ सय ५१ सदस्सीय प्रदेश समिति चयन भएको छ ।