एसपी रिपोर्टर
जनकपुरधाम, असोज २३ : नेपाली कांग्रेसका उपसभापती बिमलेन्द्र निधीले प्रदेश २ को राजधानी जनकपुरधाम बाहेक कुनै पनि अर्को हुन नसक्ने ठोकुवा गरेका छन् । जनकपुरधामको बजरंग चौकमा शनिवार देखि सञ्चालनमा आएको सउलमेट क्याफे तथा फैमली रेष्टुरेन्टको समुदघाटन गर्दै पुर्व उपप्रधान मन्त्री समेत रहेका निधीले प्रदेश २ को नाममा केहि बिबाद रहेपनि राजधानी जनकपुरधाम बाहेक अर्को हुनै नसक्ने बताए ।
निधीले जनकपुरधामको पर्यटन र होटल व्यवसाय फस्टाउदै गएकोमा खुसी व्यक्त गरेका छन् । करिव २५ वर्ष पहिले यहाँको साहुजीहरु संग बैंकमा भन्दा घरमै पनि करौडौ अर्बौ पैसा रहेपनि व्यवस्थित रोजगार र व्यवसाय नरहेको भन्दै उनले अहिले जनकपुरधाममा आधुनिक व्यवसायको प्रर्वद्वन हुदै गएको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा प्रदेश २ का मन्त्री रामसरोज यादव सहित नेता कार्यक्रताहरुको उपस्थिती थियो ।