पुरन रौनियार
जनकपुरधाम, असोज २३ : केपि ओली नेतृत्वको सरकारमा रघुविर महासेठ, राजेन्द्र महतो र उमाशंकर अरगरिया गरि तिनजना मन्त्री थिए जस्मा महासेठ र महतो त झन उपप्रधान मन्त्री पनि । तर बर्तमान सरकारमा धनुषाले मात्र एक राज्यमन्त्री पाएको छ । शिक्षा, बिज्ञान तथा प्रविधी राज्यमन्त्रीमा नियुक्त भएर पहिलो पटक सिंहदरबार छिरेकी बोधमाया कुमारी यादव एतिहाँसिक, साहासिक र योद्वा परिवारकी छोरी हुन ।
कतिपयलाई बोधमायालाई कम्तीमा राज्यमन्त्री त बनायो भन्ने सोच हुन सक्ला तर इमान्दारीता पुर्वक सोच्ने हो भने राजनितिक परिवर्तणमा उनको परिवारको त्याग, बलिदानी र भुमिकाको अगाडि राज्यमन्त्री पद केहि पनि होइन । बुवा शहिद रामबृक्ष यादव (मास्टर साहेव), काका हरि यादव, भाई शेखर यादव र बहिनी ज्वाँई डम्वर नारायण यादवलाई माओवादी सश्स्त्र जनयुद्वमा गुमाएकी बोधमाया तिनै मास्टर साहेवकी छोरी हुन जस्को बलिदानी पश्चात नै २०५२ सालमा माओवादी जनयुद्वको रापताप आगो सरी दन्कियो र फलस्वरुप पार्टी अध्यक्ष प्रचण्ड आज देशका शिर्ष र निर्णायक नेता सावित भएका छन् । बलिदानी दिएका चारजनै नेपालका राष्ट्रिय शहिद हुन ।
बोधमायाले ममतामयी आमा रामकुमारी यादवलाई समेत गुमाइन । उनको सभाषद छदै ग्यास दुर्घटनामा परि निधन भएको थियो । राजनितिक घटनाक्रममै आफना परिवारका एक पछि अर्को सदस्य गुमाएर टुहरी बनेकी बोधमाया तर पनि बिचलित भइन र माओवादीको झन्डामुनी आफनो संर्घष जारी राखिन । आज उनलाई राज्यमन्त्री बनाउँदा कतिपयले सहानुभुति प्रकर्ट गरिरहेका छन् तर उनका लागि राज्य मन्त्री सम्मानजनक सम्मान होइन भने कुरा बुझन जरुरी छ ।
नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाले पदभार ग्रहण अघि माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा पुगेर जनयुद्धका सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरिन । शुक्रबार अबेर साँझ सपथ लिए लगत्तै कार्यभार सम्हाल्नु अघि मन्त्री यादवले पहिला पेरिसडाँडा पुगेर जनयुद्धका सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेकी हुन । नेता, कार्यकर्ता तथा शुभेच्छुकसहित पेरिसडाँडा पुगेकी उनले त्यहाँ स्थापना गरिएको जनयुद्धका सहिद तथा वेपत्ताहरूको स्मरणमा बनाइएको स्तम्भमा फूलका गुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गरिन ।
पेरिसडाँडामा संक्षिप्त प्रतिक्रिया दिँदै यादवले मुलुकलाई परिवर्तनको दिशामा अगाडी बढाएर अहिलेको स्थानसम्म पुर्याउन जनयुद्धका सहिद तथा वेपत्ताहरुको ठुलो योगदान रहेकाले आफू श्रद्धाञ्जली अर्पण गर्न आइपुगेको बताइन । आफू सहिद परिवारको सदस्य समेत भएकाले शहिदको पीडा र मर्म राम्ररी बुझेकाले देश र जनताका निम्ति बलिदानी दिनुहुने शहिदहरुप्रति विशेष झुकाव रहेको उनको कथन छ । बोधमायाको ससुराली सिरहा जिल्ला हो ।