एसपी रिपोर्टर
जनकपुरधाम, असोज २२ : तत्कालिन राजपा समुह परित्याग गरि मन्त्री बन्न जसपा तर्फ लागेका सबै सांसदको बिल्लीबाठ भएको छ । मन्त्री बन्नकै लागि चार सांसदको समुहनै बनाएर दशकौंको सहयात्री राजेन्द्र महतोलाई लत्याएका अमृता अग्रहरी, प्रमोद साह, नरमाया ढकाल र रेणुका गुरुङ्ग कोहिलाई पनि मन्त्री बनाइएन ।
मन्त्री बन्नकै लागि अन्तिम समयमा जसपा तिर लागेका राजपाका शिर्षनेता राजकिशोर यादवलाई पनि मन्त्री बनाइएन भने अर्का राजपाका शिर्षनेता महेन्द्र राय यादवको डिमोशन भएको छ । राजेन्द्र श्रेष्ठको नेतृत्वमा सरकारमा गएका जसपाले महेन्द्र यादवलाई मन्त्री परिषदमा १५ औं स्थानमा सिमित गरिएको छ । उनलाई प्रमोद साहलाई दिने निश्चित भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय दिइएको छ । संघिय मामिला तथा समान्य प्रशासन पाएका श्रेष्ठ पाँचौ वरियातामा छ भने मालदार मन्त्रालय भौतीक पुर्वाधार तथा यातायात सहित रेणु यादव ११ औं स्थानमा रहेको छ ।