एसपी रिपोर्टर
जनकपुरधाम, असोज २० : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बिश्वासको मत पाउन सफल भएका छन् । प्रदेशसभाको सातौ अधिवेशनको दोस्रो बैठकमा बुधवार मुख्यमन्त्री लालबाबु राउतले बिश्वासको मत पाँउ भनि राखेको प्रस्तावको पक्षमा प्रदेशसभामा उपस्थित कुल सांसद संख्या एक सय मध्ये बिश्वासको पक्षमा ७७ र विपक्षमा २३ मत खसेको सभामुख सरोज कुमार यादवले घोषणा गरेका छन् ।
त्यस अघि प्रदेशसभामा रहेका सबै दलका संसदिय दलका नेता तथा सांसदहरुले प्रदेश सरकार र मुख्यमन्त्रीको बारेमा आफनो धारणा राख्ने क्रममा मुख्यमन्त्रीको आलोचना गरेका थिए । मुख्यमन्त्री राउतको पक्षमा जसपा, कांग्रेस, माओवादी केन्द्र तथा नेकपा एकिकृत समाजवादीका सांसदहरुले मतदान गरेका छन भने विपक्षमा लोसपा र एमालेले मतादन गरेका छन् ।