एसपी रिपोर्टर
जनकपुरधाम, असोज १९ : प्रदेश २ सरकारका प्रवक्ता आन्तिर मामिला तथा कानुन मन्त्री भरत साहले संबैधानिक आयोग अख्तियारको विरुद्व हुने आन्दोलनमा प्रदेश सरकारको कुनै साथ र सहयोग नरहेको स्पष्ट पारेका छन् । एसपी खबरसंगको कुराकानीमा प्रवक्ता साहले सुशासनका लागि स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संस्थाले अनुसन्धान थालेको विरुद्वमा आन्दोलन भइरहेको कुरासंग सरकारको कुनै सरोकार नरहने बताए । त्यो आन्दोलन कुनै विशेष दल वा व्यक्तिको मात्र हुन सक्ने उनको तर्क छ ।
मन्त्री साहले अख्तियारको अनुसन्धान मुख्यमन्त्री भन्दा पनि साइकल किन्ने र वितरण गर्ने शाखा वा कर्मचारी केन्द्रित हुनुपर्ने समेत बताए । अख्तियारको अनुसन्धानमा प्रदेश २ सरकारको सहयोग रहने भन्दै उनले अख्तियारको शैली भने दुःखद रहेको बताए ।
पत्रकारहरु सहित छापामार शैलीमा राज्यकै एक निकाय उपर प्रमाणनै नष्ट पो हुने होकि जस्तो आक्रमक तरिकाले छापामारी हुनु त्रुटीर्पुण रहेको उनको जिकिर छ । अख्तियार विरुद्वको आन्दोलन पनि दुःखद नै रहेको उनको भनाई छ ।