एसपी रिपोर्टर
जनकपुरधाम, असोज १० : जनता समाजावादी पार्टी जसपा नेपालको मधेश प्रदेश समिति बैठक जनकपुरधाममा बसिरहेको छ । पार्टीका प्रदेश २ अध्यक्ष विजय कुमार यादवको अध्यक्षता र पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको विशेष उपस्थितीमा बसिरहेको बैठकमा विभिन्न एजेन्डा, पार्टीको समायोजन सहितको विविध पक्षमा ठोस निर्णय हुने बताइएको छ ।
जसपा प्रदेश २ का सचिव प्रदेश सांसद ज्ञानेन्द्र यादवले बैठकमा दुईवटा प्रस्तावहरु सुज अभियानको मोडालिटी र पार्टीको समायोजना पक्षमा छलफल भएको बताए । पुर्व राजपा, सपा सहितका दलहरुबाट आएका साथीहरुको समायोजन गर्दै एक व्यक्ति एक पदको अवधारण कार्यान्वयनका लागि एक सुझाव समिति समेत गठन गरिएको छ ।

पार्टीको मुख्य सचिवको अध्यक्षतामा आठ जिल्लाका अध्यक्षहरु सदस्य रहनेगरि बनाइएको समितिले कार्यकारिणी र क्रियाशिल समितिहरुमा वन पोष्ट वन म्यान कार्यान्वयनका लागि पार्टी प्रदेश २ अध्यक्षलाई प्रतिवेदन दिने, पार्टीमा को क्रियाशिल र को निशक्रिय रहेको छ त्यसको अनुसन्धान गरि प्रतिवेदन दिने र त्यसलाई अगामि १२ गते पुनः प्रदेश २ का केन्द्रिय सदस्यहरुको बैठक बसेर यसै बिषयमा छलफल भई पुर्ण समायोजन भई अगाडि बढने निर्णय भएको यादवले बताए ।