एसपी रिपोर्टर
जनकपुरधाम, असोज ९ : विश्वव्यापी कोरोना महामारीका कारण अकालमै मृत्युवरण गरेका परिवारलाई गणेशमान चारनाथ नगरपालिकाले शनिवार सहयोग गरेका छन् । नगर उपप्रमुख मिना कुमारी यादवको पहलमा कोरोना पिडित परिवारलाई किचेन सामाग्री राहत प्रदान गरेको हो ।
गणेशमान चारनाथ नगरपालिका –३ गंगापुर बस्ने कोरोना संक्रमण भई मृत्युवरण गरेका उतिमलाल महतोको परिवारका सदस्य अनिता देवी महतो, वडा नं २ राधापुरका मृत्युवरण गरेका ज्ञानकुमार मल्लको परिवारका सदस्य संजिव मल्ल, वडा नं १० बरमझियाका सुधा शर्माका परिवारका सदस्य सीता उपाध्याय, वडा नं १० डुमरियाका गणेश कुमार यादवका परिवारका सदस्य नितु यादव, वडा नं ९ बरमझियाका मन्जुला देवी कर्णका परिवारका सदस्य रंजना देवी कर्ण र वडा नं ८ का रामचन्द्र कापरको परिवारका सदस्य शिवर्ती देवी कापर समेतलाई किचेन सामाग्री सहयोग गरेको हो ।
प्रति परिवार ग्यास सिलिन्डर १ थान, ग्यास चुल्हो १ थान, कुकर १ थान, पानी तताउने जग १ थान, सेनिटाइजर, मास्क लगायतका सामग्रीहरू नगर उपप्रमुख मिनादेवी यादवले प्रदान गरेको स्थानिय युवा नेता विनोद महराले जानकारी दिए ।