एसपी रिपोर्टर
जनकपुरधाम, असोज ४ : धनुषाको एक पोखरीमा आमा छोराको शव फेला परेको छ । धनुषाको धनुषाधाम नगरपालिका–२ धर्मपुर टोलको पोखरीमा स्थानिय २८ वर्षीया अर्चना सिंह र उनका ४ वर्षीय छोरा कुश कुमार सिंहको शव भेटेको छ । घर नजिकैको पोखरीमा सोमबार बिहान पानीमा तैरी रहेको अवस्थामा शव फेला परेको हो ।
स्थानीयले राति श्रीमान श्रीमतीबीच विवाद हुँदा अर्चनाले छोरालाई लिएर पोखरीमा हाम फालेर आत्महत्या गरेको हुन सक्ने आशंका गरेका छन् । सोमबार बिहानै आमा छोराको शव पोखरीमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतक महिला स्थानीय अशोक सिंहकी श्रीमती हुन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।