एसपी रिपोर्टर
जनकपुरधाम, असोज ४ : पुर्व राजपरिवारकी सदस्य पुर्व युवराज्ञी हिमानी शाह जनकपुरधाम स्थित श्री सकल भवन कन्या माध्यमिक विद्यालयमा छात्राहरुसंगै कक्षाकोठामा एकछिन पढेकी छन् । आइतवार सो विद्यालयकी छात्राहरुलाई केहि राहत सामग्री वितरण गर्न जनकपुरधाम आइपुगेकी पूर्वयुवराज्ञी हिमानी शाह सोमबार विहान ११ बजे विद्यालय पुगिन । उनी कुनै विशेष कुर्सी र सत्कार ग्रहण गर्नु भन्दा विद्यालयकी छात्राहरु संगै कक्षा १० को कक्षाकोठामा प्रवेश गरिन र विधार्थीहरु संगै बेच्नमा बस्ने भन्दै एकछिन कलास गरिन ।
सो क्रममा हिमानीले छात्राहरु र शिक्षहसंग भलाकुसारी गर्दै के के समस्या छ ? भन्ने पनि सोधिन । विद्यालयका प्रधानाध्यापक मोदनारायण राउतले भौतिक पूर्वाधारको अभाव, खानेपानीको समस्या सहितको समस्या सुनाए । विद्यालयको चौर पानी पर्दा पोखरी बन्छ, विद्यार्थीलाई आउन–जान समस्या हुन्छ पनि राउतले भने । विद्यालय पुग्दा केहि छात्राहरुको हातमा रहेको फुल ग्रहण गर्दै सिधै कक्षाकोठा प्रवेश गरेकी हिमानीले छात्राहरुको कुरा ध्यानपुर्वक सुनिन ।
सँगै कक्षाकोठामा बसिरहेकी शाहसँग एक छात्राले सोधिन्, म्याम, म पनि तपाईं जस्तै राम्रो मान्छे बन्न चाहन्छु । तपाईं जस्तै बन्न कुन विषय पढ्नुपर्छ ? जवाफमा पूर्व युवराज्ञी शाह मुस्कुराउदै भनिन अहिले सबै विषय राम्रै छ । जुन विषय पढे पनि मिहिनेत गरेर पढ्नुस् । असल मान्छे बन्नु हुन्छ । अन्तरक्रियाको क्रममा विद्यार्थीहरुले जीवनलाई कसरी राम्रो गर्न सकिन्छ राखेको जिज्ञासामा उनले जीवनमा राम्रो गर्न धेरै विकल्प रहेको बताउंदै पहिले त्यति विकल्प थिएन तर अहिले डाक्टर, इन्जिनियर, व्यवस्थापन सहित एक्सट्रा क्रियाकलाप गर्न सकिने भनिन् । विद्यार्थीले पूर्व युवराज्ञी शाहसँग फोटो खिचाउन आग्रह गरे ।
उनी बाहिर निस्कनै लाग्दा विद्यार्थीले भने, ‘म्यामसँग फोटो खिचौं ।’ त्यसपछि शाहले विद्यार्थीसँग फोटो खिचाइन् । हिमानी ट्रस्ट मार्फत विद्यार्थीलाई सहयोग गर्न उनी जनकपुर आएकी छन् । शुद्ध खानेपानीको अभाव भएकाले ट्रस्टले फिल्टर बोतल वितरण गरेको ट्रस्टका प्रतिनिधि उत्तम निरौलाले बताए । विद्यालयका चार सय विद्यार्थीलाई खानेपानी फिल्टरका बोतल वितरण गरेकी छन् । विद्यालयमा अध्यनरत छात्राहरुलाई पानी स्वतः शुद्ध हुने बोतल वितरण गरेकी हुन् । कार्यक्रममा ट्रष्टका निरौलाले आफ्नो संस्थाले समाजिक विकासका लागि विभिन्न पाँचवटा क्षेत्रमा काम गरिरहेको बताए ।
उनले देशैभरि शिक्षा क्षेत्रमा काम गर्दै आएका ट्रष्टले अब मिथिला क्षेत्रमा शैक्षिक विकासमा टेवा पुरयान जनकपुरधामबाट यो सानो प्रयास शुरु गरिएको भने । निरौलाले हाल चापाकलको पानीमा आइरन, आरसेनिक लगायतका वैकटेरिया समस्याले अशुद्ध हुने गरेको कारण यहाँका विद्यार्थीलाई सो पानी सेवन गर्दा स्वास्थ्यमा असर परिरहेको दृष्टिगत गर्दै ट्रष्टले अशुद्ध पानीलाई शुद्ध पार्नेयुक्त प्युरिफायर पानी बोतल वितरण गरेको भने ।