एसपी रिपोर्टर
जनकपुरधाम, असोज ३ : नेकपा एमालेका सांसद महेश बस्नेतले माओबादी केन्द्र पार्टी नै नरहने दावी गरेका छन् । जनकपुरधाममा राष्ट्रिय युवा संघ नेपालको धनुषा कार्यालयको समुदघाटन गर्दै बस्नेतले माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाएर आफनै श्रीमतीलाई मानपदवी दिन लगाएको भन्दै श्रीमती, बुहारी र छोरीलाई मात्र माया गरेर कमिन्युष्ट आन्दोलन बन्न नसक्ने बताए ।
प्रचण्डको स्वार्थी र परिवार प्रवृतीले बामपन्थी धारलाई कमजोर बनाएकाले उनको पार्टीलाई बिघटन हुन बाट कसैले रोक्न नसक्ने उनको ठोकुवा छ । परमादेशको सरकार बनाउन संबैधानिक इजलासमा बसेका सबै न्यायधिशहरु, मुद्दा हाल्ने निवेदक देखि मुद्दा लडने वकिल सम्मले मानपदवी पाएको भन्दै बस्नेतले मानपदवीमा समेत भ्रष्टाचार भएको बताए ।
प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल जाँदैमा पार्टीलाई केहि नहुने भन्दै बुढाहरु गएपनि उनका सम्पुर्ण होनहार युवाहरु एमालेमै रहेकाले पार्टी झन मजबुत हुने उनको तर्क छ ।