एसपी रिपोर्टर
जनकपुरधाम, असोज १ : २०२९ सालको आन्दोलनमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल बिद्यार्थी संघको ब्यानरमै आन्दोलनरत धनुषाका दुई होनहार युवा तथा शहिद कामेश्वर कुशेश्वरलाई कांग्रेसले सम्झिन सकेन ।
२०२९ साल असोज १ गते निरंकुश पंचायत शासन व्यवस्थाले जारी गरेको नयाँ शिक्षा योजनाको खारेजी सहितका मांग गर्दै भएको बिद्यार्थी आन्दोलनको क्रममा प्रहरीको गोली लागेर शहादत दिएका कामेश्वर मंडल र कुशेश्वर यादवको ४९ औं बलिदानी दिवसमा कांग्रेसले कुनै कार्यक्रम गरेको देखिदैन । तर जसपाका नेता तथा प्रदेश २ सांसद रामअशिष यादव शहिदको गाउँ यदुकोहा पुगेर शहिदहरुको शालिकमा पुष्प अर्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सुन्दा समान्य लाग्ला तर सत्ताको लडाई र संर्घषमा आफनै पार्टीका तर्फबाट लागि शहादत दिएका शहिदहरुलाई बिर्सिएकोमा कांग्रेसीहरुनै सन्तुष्ट छैनन । कांग्रेसको शुचेच्छुक संगठन प्रेस युनियन आबद्व वरिष्ठ पत्रकार तथा २०४६ सालको जनआन्दोलन जिउँदो शहिद रामभरत साहले फेसबुकमा स्टाटस लेख्दै पार्टीको रबैया प्रति दुःख व्यक्त गरेका छन् ।

राजबन्दिहरुको रिहा, संघ संस्था नियन्त्रण एन खारेजी, प्रेसमाथिको दमन बन्द, बिद्यार्थी आचारसंहिताको खारेजी, बिधालयबाट अनिवार्य पञ्चायत बिषय हटाउने सहितका माग गर्दै प्रजातान्त्रिक आन्दोलनका योद्धा शहिद कामेश्वर र कुशेश्वरको योगदान जस्तुसुकै स्थितीमा बिर्सनु कांग्रेस र कांग्रेसीजनका लागि दुःखद रहेको साहले बताए ।

तत्कालिन आन्दोलनमा धनुषाको यदुकुहामा सुरक्षाकर्मीको गोली प्रहार बाट हडबाडा गाउँ निवासी बिधार्थी नेताहरु कामेश्वर मण्डल र मुरिबा गाउँ निवासी कुशेश्वर यादवको शहादतकै कारण आन्दालन सार्थक भएको मानिन्छ । कामेश्वर कुशेश्वरलाई कांग्रेसले बिर्सेको आरोप लागेपनि नेपालको इतिहाँसमा यि दुईनाम बलिदानी र शहिदको अग्रपंक्तीमा रहिरहने बुद्विजिवीहरुको भनाई छ ।
यद्यपि नेपाल तरुण दल धनुषाका उपाध्यक्ष राकेश विक्रम साहले भन पार्टीको शिर्षनेताहरुको तदारुकता नहुनु दुःखद रहेपनि आफुहरु बेलुका जनकपुरधामको पिडरिया माई थान स्थित कांग्रेस धनुषाको पार्टी कार्यालयमा दिप प्रज्वलन गरि शहिद कामेश्वर कुशेश्वरप्रति श्रद्धाञ्जली अर्पण गरेको बताए ।