एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २७ : प्रत्येक वर्ष झै यस वर्ष पनि हर्षाेउल्लासका साथ बलभद्र पुजनोत्सव मनाइदै छ । जनकपुरधाम वडा नम्बर ४ स्थित व्याहुत कलवार सेवा समितिको आयोजनामा विभिन्न कार्यक्रम गरी बलभद्र पुजनोत्सव मनाइरहेका छन् । कलवार सेवा समितिको आयोजनामा सप्ताह व्यापी कार्यक्रम अन्तर्गत बलभद्र पुजा आज धुमधाम र हर्षाेउल्लासका साथ मनाइदै छ ।
ब्याहुत कलवार समुदायको कुल देवता भगवान बलभद्रको पुजनोत्सव अन्तर्गत आज विहान नगरमा शोत्रा यात्रा निकालिएको छ । समितिको प्राङ्गनबाट निकालिएको शोभा यात्रा नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । जनकपुरधामको ऐतिहासिक तथा पवित्र सरोवर गंगा सागरमा जल लिई नगरको परिक्रमा गरेको डा. बिमलेश्वर प्रसाद गुप्ताले बताए ।
व्याहुत समितिका अध्यक्ष शम्भू प्रसाद साहको अगुवाई तथा निरज विक्रम साहको संयोजकत्वमा लिकालिएको शोत्रा यात्रा महावीर चोक, सुनारपट्टी, जानकी चौक, देवी चौक, मिल्य एरिया, भानु चौक, शिव चौक, जनक चौक, राम चौक, महावीर चौक हुदैं पुनः व्याहुत सेवा समितिमा पुगेको हो ।