एसपी रिपोर्टर
जनकपुरधाम, चैत १७ : धनुषाको सवैला नगरपालिकाले २५ वेडको कवारेन्टाइन स्थल निर्माण गर्दै मेयर राहत कोषको स्थापना गरेको छ । विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमणवाट बचाउन नगरपालिकाका मेयर विजय शंकर प्रसाद साहको अगुवाईमा नगरपालिकाको बरकुर्वा स्थित श्री फकिरचन्द गामी उच्च मावीमा २५ वेडको कवारेन्टाइन स्थलको निर्माण गर्नुका साथै एम्बुलेन्स समेत तयारी अवस्थामा राखिएको छ ।

साथै मेयर राहतको तत्कालै स्थापना गरि प्रत्येक वडाहरुमा वडा अध्यक्षको अगुवाईमा समिति गठन गरि वडाका विपन्न, गरिव, दलित तथा अभाव भएका कुनै पनि जात, धर्मका परिवारलाई खाद्यन्नको व्यवस्था गर्न लागिएको छ । प्रदेश सरकारले १५ लाख सहयोग गर्ने घोषणाले यस अभियानमा थप सहयोग हुने बताउदै मेयर साहले तत्कालै यो अभियान भने नगरपालिकाले शुरु गरिरसकेको बताए । शंकाष्पद व्यक्तिहरुलाई कवारेन्टाइनमा राखिने र उपचारको आवयश्कता परे एम्बुलेन्सवाट जकनपुरधाम र काठमाण्डौ नै लग्नु परे त्यहाँ सम्मै पुरयाउन नगरपालिकाले सवै खर्च बेहोर्ने मेयर साहको भनाई छ । कवारेन्टाइन स्थलमा आवयश्कता अनुसार बेड बढाउने बताउदै उनले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सफाई कर्मचारीको समेत व्यवस्था गरिएको बताउदै उनले खटने सम्पुर्ण कर्मचारीहरुलाई तलवको २५ प्रतिशत थप प्रोत्साहन भत्ता दिने बताए । यसका लागि सर्वदलिय सहमती भएको मेयर साहको भनाई छ ।