एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २६ : हेल्प मधेशी नेपालले सवैलाकी एक बालिकालाई १५ हजार सहयोग गरेको छ । पेट ठुलो हुदैजाने कुपोषण रोगबाट पिडित अति विपन्न सबैला नगरपालिका वडा नं. ३ वर्षा कुमारी महरालाई उपचारका लागि सो रकम प्रदान गरिएको हेल्प मधेशी नेपालका राष्ट्रिय अध्यक्ष राम उदगार यादवले बताए ।
श्री श्री १०८ श्री माँ दुर्गा भवानी प्रतिष्ठान सवैलाका सचिव नथुनी यादव हरे रामले बालिकालाइ नगद १५ हजार रुपैया हस्तान्तरण गरेका थिए । सो सहयोग रकम हेल्प मधेशीको मलेशिया स्थित सा आलम दलान मलेशिया शाखा र अध्यक्ष सरोज साहको पहलमा उपलब्ध भएको यादवले बताए ।
बालिका महरालाई उपचारमा थप सहयोग आवयश्क भए आफुहरु पहल गर्ने यादवले बताए । आफुहरुले जनकपुरधाममै महराको उपचारका लागि पहल गरेको भएपनि अभिभावकले दरभंगामा गएर उपचार गराउन थालेकाले नगद सहयोग गरेको उनको कथन थियो ।