एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २६ : नेपाल वैश्य युवा संघले प्रदेश २ सरकारका नव नियुक्त दुई मन्त्रीहरुलाई सम्मान गरेको छ । जनकपुरधाममा एक कार्यक्रमको आयोजना संघले प्रदेश २ सरकारको आन्तिरक मामिला तथा सञ्चार मन्त्री भरत साह र आर्थिक मामिला तथा योजना मन्त्री शैलेन्द्र प्रसाद साहलाई सम्मान गरेको हो ।
प्रदेश २ सरकारको नव दुई महत्वपुर्ण मन्त्रालयहरु गृह र अर्थमा नियुक्त भएका मन्त्रीद्वय साहलाई संघ परिवार प्रदेश २ ले सम्मान गरेको हो । कार्यक्रममा बोल्दै मन्त्रीद्वयले बैश्य समुदायको समाजमा व्यापक लगानी भएपनि राजनिति र समाजिक दखल अन्दाजीमा प्रभावकारी रुपमा अझै सशक्त भएर लाग्नु पर्ने बताए ।
बैश्य समुदाय राजनितिक हिस्सेदारीका लागि अगाडि आउनुपर्ने बताउदै मन्त्रीद्वयले जनयुद्ध र मधेश आन्दोलनपछि केहि दलहरुले बैश्य समुदायलाई खोज्न थालेको भएपनि सम्माजनक उपस्थिती हुन नसकेको बताए । कार्यक्रममा संघका धनुषा अध्यक्ष बिनोद साह, प्रदेश २ अध्यक्ष राजु साह, लोसपा नेता संजय साह सहितको उपस्थिती थियो ।