एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २६ : धनुषा एमालेका स्व. नेता योगनारायण यादवकी पत्नी सविता यादवले आफु सक्रिय राजनितिमा लाग्ने बताएकी छन् । कोरोना संक्रमणबाट एमाले नेता यादवको निधन भएपछि धनुषाको क्षेत्र नं. १ मा एमालेको नेतृत्व कस्ले गर्ने भन्ने चर्चा परिचर्चाका बिचमा धनुषाको सबैलामा आयोजना हुने माँ दुर्गा भवानी मेलाको ध्वाजा स्थापना कार्यक्रममा सहभागी स्व. यादवकी धर्मपत्नी सबिताले स्व. यादवको वाँकी सपनाहरु पुरा गर्न स्वयम सक्षम रहेको भन्दै प्रत्यक्ष राजनितिमा आउने बताएकी छन् ।
कुन किशिमले राजनितिमा आउनु हुन्छ भन्ने प्र्रश्नमा उनले आफु प्रतिनिधीसभा सांसदमा प्रत्यक्ष चुनाव लडने बताइन् । स्व. यादव जातपात, नाता र कृपाबादको राजनिति भन्दा सवै वर्ग र समुदायलाई संगै लिएर अगाडि बढने प्रण गरेकाले त्यसलाई अगाडि बढाउन आफु पार्टी र नेता कार्यक्रताको अलिकती पनि भावना विपरित नजाने प्रतिवद्वता व्यक्त गरेकी छन् ।
आफु काठमाण्डौं रहँदा धनुषा सम्पर्क मञ्चको सदस्य र सचिव भएर काम गरेको तथा गत १५ वर्ष देखि निरन्तर जिल्ला सदस्य रहेकाले पार्टीमा आफु नयाँ नभएको पनि उनले स्पष्ट गरेकी छन् । नेता योग नारायणको निधन पछि धनुषा क्षेत्र नं. १ मा एमालेबाट प्रतिनिधीसभा सदस्यमा रामचन्द्र मण्डल, किशोरी साह कमलको चर्चाका बिच उनी सांसदमा लडने बताएकी छन भने वर्तमान एमाले सांसद तथा पुर्व मन्त्री जुली महतो पनि सोहि क्षेत्रमा आउन सक्ने चर्चाहरु सुनिन थालेको छ ।