एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २५ : २०७२ साल भदौ २५ गतेको मधेश आन्दोलनका क्रममा मधेशीदलले आयोजना गरेको “चलू जनकपुर भरु जनकपुर“ कार्यक्रम अन्तर्गत प्रहरीद्वारा हत्या गरिएका धनुषाका नितु यादव, संजय चौधरी र दिलिप यादवको सहादतको स्मरण गर्दै जनकपुरधामका युवाहरु श्रद्धाञ्जली अर्पण गरेका छन् ।
युवा अगुवा सरोज मिश्रको अगुवाईमा तिनजनै शहिदहरुको स्मरणमा शहिद स्मरण दिवस मनाउदै युवाहरु दिप प्रज्वलन गरि शहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शहिदहरुको योगदानको स्मरण गरेका छन् । शुक्रवार साँझ रामानन्दचौकमा हामीले शहिद सम्झयौं मिश्रले भने, ‘प्रदेश २ सरकारले कुनै पनि कार्यक्रम नगर्नु आश्चर्यजनक छ ।’
उक्त कार्यक्रममा मधेस जन बिद्रोह २०६३ का संयोजक दीपक झा, लोसपाका नेता एवं हिन्दी अभियानी रमण पाण्डे, विद्यार्थी नेता शम्भू निर्दोषी, हिन्दुवादी अगुवा मिथिलेश झा, युवा अभियन्ता प्रभाष राय, नेपाल जनता दलका केन्द्रिय उपाध्यक्ष, राजू कान्त कापड, उज्वल अग्रवाल लगायतका युवाहरुको सहभागी थियो ।
युवाहरुले शहिदको सहादतको जगमा बनेको प्रदेश २ सरकारले शहिदहरुको तस्वीरमा माल्यापर्ण समेत गर्न छाडनु बिडम्वना रहेको बताए ।