एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २३ : ४१ औं अन्तराष्ट्रिय साक्षरता दिवसको जनकपुरधामको श्री याज्ञवल्क्य संस्कृत माविमा विभिन्न कार्यक्रम गरि मनाएको छ । दिवसको अवसरमा विद्यालयले आधारभुत र मावि दुई समुहमा गरि निबन्ध प्रतियोगीताको आयोजना गरिएको छ ।
कुल १७ विद्यालयका ५६ विद्यार्थीहरुको सहभागिता रहेको बैकल्पिक सिकाय र समस्या अनि त्यसका समाधानका उपायहरु विषयक निबन्ध प्रतियोगीतामा कक्षा ९ देखि १२ सम्मको मावि तर्फ आयोजक याज्ञवल्क्य माविकै छात्रा लक्ष्मी कुमार झा प्रथम भएकी छन् । आदर्श मावी बिन्धीका जितेश झा, सरस्वती मावीका रोहित यादव क्रमश दृतिय र तृतिय भएका छन् भने सकल कन्या माविकी मानसी यादव सान्तवना पुरस्कार पाएकी छन् ।

कक्षा ५ देखि ८ सम्मको आधारभुत तर्फ पनि आयोजक याज्ञवल्क्य मावीकै छात्रा साक्षी झा प्रथम भइन भने एर्रे इन्टरनेशनलका गौरभ साह दृतिय र गोकुल प्रसाद नमुना मावी बसहियाका कृष्णा मण्डल तृतिय भएका छन् । सरस्वती मावीकी भावना कुमारी सान्तवना पुरस्कार जित्न सफल भइन ।
आयोजक याज्ञवल्क्य मावीका प्रअ संजय झाले उमहानगरपालिकाले याज्ञवल्क्य मावीलाई दिवस मनाउन भनेकाले कार्यक्रमको आयोजना गरिएको बताए । सो अवसरमा अवकास प्राप्त ९ शिक्षकलाई सम्मान गरिनुका साथै तिज गर्ने शिक्षिकाहरुलाई समेत सम्मान गरिएको छ । कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, उपप्रमुख रिता झा सहितको सहभागिता थियो ।