एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २२ : प्रदेश २ सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तै प्रदेश २ मा हुने अनियमितता र भ्रष्टाचारको छानबिनका लागि गठन गरेको प्रदेश जनलोकपाल आयोगमा पदाधिकारी नियुक्त गरेका छन् । आयोगको अध्यक्षमा रौतहटका राम सहाय राय यादवलाई नियुक्त गरिएको छ ।
त्यसै गरि प्रदेश सरकारले आयोगको सदस्यहरुमा धनुषा जनकपुरधामका पुर्व जिविसका वरिष्ठ इन्जिनियर राजकिशोर साह र महोतरी गोनरपुरकी शोभा कुमारी महतोलाई चयन गरेको छ । तिनैजनालाई प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले नियुक्ती पत्र प्रदान गरेका छन् । सो अवसरमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोज कुमार यादव र उपसभामुख निरुपमा देव, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा सहितको उपस्थिती थियो ।