एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २० : एमालेका स्थाई कमिटि सदस्य रघुविर महासेठले माधव कुमार नेपालले कांग्रेसको शरणमा गएर राजनितिक अपराध गरेको बताएका छन् । जनकपुरधाममा आयोजित जिल्ला कार्यक्रता भेलालाई सम्बोधन गर्दै पुर्व उपप्रधानमन्त्री समेत रहेका नेता महासेठले यसपालिको माधव नेपालको अपराध अक्षम्य रहेकाले क्षमा गर्न नसकिने बताए ।
नेता महासेठले एमालेलाई कमजोर आंकलन नर्गन चेतावनी दिदै प्रदेश २ मा प्रतिनिधीसभामा अहिले जितेको दुई सिटलाई बृद्वि गरि अगामि चुनावमा १०भन्दा बढी सिट जितेर देखाउने बताएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै नेता एवं पुर्व मन्त्री लिलानाथ श्रेष्ठले जनताले दु तिहाई दिएपनि पार्टी भित्रैके केहि नेताका कारण सत्ता र पार्टी संकटमा परेकाले त्यस्ता दुशकर्म गर्ने नेताहरुलाई तह लगाउनु पर्ने बताए ।
एमाले नेतृ तथा पुर्व मन्त्री जुली महतोले पनि माधव नेपाललाई छाडिनन । उनले जनताबाट हारे पनि एमालेले माधवलाई प्रधानमन्त्री बनाएको कुरा पनि माधव नेपालले बिर्सेको बताए । प्रदेश कमिटि सदस्य शिवशंकर साह हिरा र जिल्ला कमिटि सदस्य अजय यादव, डा. संजिव यादवको सक्रियतामा आयोजना भएको भेलामा जिल्ला अध्यक्ष राजकिशोर यादव सहित पार्टी बाट निर्वाचित प्रदेश सांसद, मेयर, उपमेयर सहितको सहभागिता थियो ।