एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २० : जसपा रोजेको भनिएका धनुषाको हँसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डल लोसपामा सनाखत गरेका छन् । शनिवार उनले जसपा रोजेको चर्चा चलेको थियो तर आज मेयर मण्डल उपमेयर रेणु झा सहित लोसपामा सनाखत गरेका हुन ।
मेयर मण्डल उपमेयर झा सहित नगरपालिकाको बहुमत सदस्यहरु लोसपा तर्फ सनाखत गरेको लोसपा धनुषाले जनाएको छ । त्यसै गरि महोतरीकी प्रदेशसभा सांसद रानी शर्मा तिवारी पनि लोसपा रोजेकी छन् । उनले आजै सांसदहरु उपेन्द्र महतो, पुर्व राज्य मन्त्री अभिराम शर्मा सहित लोसपा तिर सनाखत गरेका हुन ।