एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १९ : जनकपुरधामको फुटपात र सडकका पेटीको दुरुपयोग हुँदा पैदलयात्री र सर्वसाधारणहरुलाई सास्ती भोग्नु परेको छ । सडकमा फोहर, सवारीको चाप र पेटीको दुरुपयोगले पैदलयात्रीहरु जोखिम मोलेर आवातजावत गर्न बाध्य भएका छन् । यो अरु कतै नभएर जनकपुरधामकै मुख्य सडक छेउछाउको फुटपात र पेटीहरु हो जस्मा मान्छे आवत जावत गर्नुपर्नेमा पसल र टहराहरु लगाइएको छ ।
एशियाली विकास बैंक एडिबीको आयोजना कार्यान्वयन भएपछि विस्तार र निर्माण भएको सडकमा सवारीसाधन गुडने र सडकको छेउको पेटीमा मानिश आवतजावत गर्ने अभिप्रायले नै सो पेटीको निर्माण गरियो तर त्यस पेटीमा मान्छे हिन्ने काम होइन पसल र टहरा लगाएर व्यवसायीले व्यापार गर्ने र सम्बन्धित निकायले रजाई गर्ने काम भइरहेको छ ।

पेटी प्रयोग विहिन भएपछि पैदलयात्री सर्वसाधारणहरु सडकमै हिडन थालेकाकाले जुनसुकै बेला जहाँपनी दुर्घटनाको जोखिम रहेको छ । सर्वसाधारणहरु गाडी र फोहरको चापले मानिशलाई हिडन पनि ठाँउ नरहेको गुनासो गर्नेगरेका छन् । अस्तव्यस्त ट्राफिक व्यवस्थापन, सडकमा थुपारिएका फोहर, पेटीमा थापिएका पसल र टहराहले सर्वसाधारण परेशान भइरहेका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाको कर प्रमुख परमेश झाका अनुसार गत वर्ष कोरोनाका कारण मेला, हाटबजार र बिचौली कर असुल उपर हुन नसक्दा बजार छाडा हिसाव चलेको र उपमहानगरपालिकालाई करौडौं घाटा भएको भन्दै यसपालि सुचना प्रकाशन गरि नेहा आइरन स्टोर्सलाई ९९ लाख ९९ हजार ९ सय ८६ सर्वाधिक ठेक्का रकम भएकाले ठेक्का लगाइएको बताए ।
झाका अनुसार ठेक्का सम्झौतामा फुटपातमा कुनै पनि बजार व्यवसाय व्यवस्थापन गर्न नसकिने स्पष्ट प्रावधान छ तर पनि पसलवालाहरुले नै पसल अगाडिको फुटपात प्रयोग गर्ने गरेको छ । एता उपमहानगर उपप्रमुख रिता झाले अव त्यस्ता फुटपात व्यापारी र टहरा लाउनेहरुलाई कारवाही हुने गरि एक समिति बनाएर अगाडि बढन लागेको बताइन ।
सम्झाएर बुझाएर अव कसैले नटेरेकाले कडा कदम चाल्नु पर्ने उनको निश्कर्ष छ । सडक विस्तार र निर्माण भएपनि फुटपातको अव्यवस्था र पेटीको दुरुपयोगले बाहिरका आगन्तुकको नजरमा जनकपुरधाममा भएको विकासको पनि गलत छाप पर्न थालेको छ ।