एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १८ : जनकपुरधाम उपमहा नगरपालिका वडा नं. ८ स्थित सद्गुरु कबिर बाल आश्रमलाई कर सहयोगी श्रमिक संगठन प्रदेश २ ले कम्प्यूटर तथा नगद सहयोग गरेका छन् । संगठनले आफ्नो १५ औं स्थापना दिवसको अवसरमा शुक्रवार एक समारोहबीच एक थान क्यामरा सहित कप्यूटर सेट र नगद पाँच हजार रुपैया सहयोग गरेको संगठनका प्रदेश २ सचिव दीपेन्द्र साहले जानकारी गराएा छन् ।
कोरोना महामारी रोगलाई न्यूनिकरण गर्न तथा त्यसबाट बच्न र बचाउनका लागि सरकारले विद्यालयहरुको पठनपाठन बन्द गरेको छ । अधिकांश विद्यालयमा अनलाइन मार्फत पढाई भई रहेको बेलामा सद्गुरु कबिर बाल आश्रमका बालबालिकालाई मध्यनजर गरी सो कम्प्यूटर तथा कैमरा प्रदान गरिएको सचिव साहले जानकारी गराएका छन् ।
आश्रमका सञ्चालक सन्त आलोकले बालबालिकालाई आवश्यकता भएको बेलामा श्रमिक संगठनले सहयोग गरेको कम्प्यूटर तथा नगदप्रति धन्यवाद दिदै यसले गर्दा बालबालिकाको शिक्षामा पहुँच बढ्ने बताएका छन् ।
कम्प्यूटर तथा नगद सहयोगमा श्रमिक संगठनका धनुषा जिल्ला अध्यक्ष मृगेन्द्र यादव, सदस्य संजय यादव, संजीव यादव, संजीत यादव, सतिश लाल कर्ण, राखी झा लगायतका उपस्थिति रहेको थियो । हाल सो आश्रममा डेढ दर्जन बालबालिकाहरु रहेका छन् ।